Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद बैठकको सुरुमै एमाले सांसदको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभा बैठकको सुरुमै नेकपा एमालेका सांसदहरूले नाराबाजी थालेका छन् ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी थालेका हुन् ।

एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएकाे छ । एमाले विभाजनमा सभामुख सापकाेटामको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

आजकाे बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने र  सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले  समितिको २१औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077