Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद बैठक चैत २ गतेसम्मलाई स्थगित

काठमाडौं। प्रतिनिधिससभाको बैठक आगामी चैत २ गतेसम्मलाई स्थगित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक चैत २ गते दिउँसो १ बस्ने जानकारी दिएका हुन् ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ ।

बैठकमा एमाले सांसद भीम रावलले भारतले सीमा अतिक्रमण गरिरहेको र यसप्रति नेपाल सरकार मौन बसेकोमा आपत्ति जनाउँदै एमसीसी सम्झौता अनुमोदनपछिको अवस्थाबारे जानकारी दिन माग गरे ।

सभामुख सापकाेटाले संसदमा कायम अवराेध हटाउन आजकाे बैठकमा रुलिङ समेत गरेका थिए । बैठकको सुरुमै एमाले सांसदहरुले नारावाजी थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077