Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

वर्तमान सरकारले उद्यमी व्यवसायीलाई थर्काएको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले उद्यमी व्यवसायीलाई थर्काएको आरोप लगाएका छन् ।

आइतबार एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको देशको आर्थिक अवस्थाबारे नीजि क्षेत्रसँगको छलफलमा ओलीले यस्तो बताएका हुन् ।

वर्तमान सरकार बढीभन्दा बढी कमिसनतिर गएको अध्यक्ष ओलीको आरोप छ । माओवादी लडाकुलाई मनमौजी ढंगले प्रतिव्यक्ति १० हजार बाँड्ने कार्यक्रम ल्याएको भन्दै त्यसले बेलुकाको एक छाक टार्नेबाहेक कुनै महत्त्व नभएको बताए ।

यस्तै ओलीले अर्थतन्त्रका हरेक सूचक कमजोर बनेको र यो चिन्ताको विषय भएको बताए । राज्य विधिमा नहिडेमा अर्थतन्त्र बिग्रने उनको भनाइ छ । अर्थतन्त्र एकपटक धरासायी भएपछि भयावह परिणाम आउने पनि उनले चेतावनी दिए ।

यस्तै आफूले थालेको विकासका काम वर्तमान सरकारले भत्काएको ओलीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077