Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा तामाङ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर तामाङ निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी बंशलाल तामाङलाई पराजित गर्दै तामाङ सभापतिमा निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार जंगबहादुरले ९१२ मत पाए भने सभापतिका अर्का उम्मेदवार वंशलालले ८४८ मत पाए।

सभापतिमा आइतबार दोस्रो चरणको मतदान भएको थियो। मतदानमा १७८३ मत खसेको थियो। जंगबहादुर संस्थापन पक्षका उम्मेद्वार थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077