Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

फेसबुकपछि रूसले लगायो इन्स्टाग्राममाथि प्रतिबन्ध, टिकटक पनि बन्द गर्दै

एजेन्सी । रूस सरकारले सामाजिक सञ्जाल इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । यसअघि फेसबुकमा प्रतिबन्ध लगाएको रुसले अहिले इन्स्टाग्राममा पनि प्रतिबन्ध लगाएको हो।

पछिल्ला दिनहरुमा रूस र यूक्रेनबीच चलिरहेको युद्धमा सामाजिक सञ्जालका प्लेटफर्म पनि युद्धको एउटा केन्द्र बनेको थियो । गूगलले रूसी स्टेट मिडियाको यूट्यूब च्यानलको विज्ञापनलाई हटाइदिएको छ । ट्विटरले रूस र यूक्रेनबीच जारी युद्धबीच विज्ञापनमा रोक लगाएको छ।

यस्तै, मेटाको स्वामित्वमा रहेको फेसबुक एपमा रूसले अगावै प्रतिबन्ध लगाइसकेको छ। अब मेटा कै स्वामित्वमा रहेको दोस्रो एप इन्स्टाग्रामलाई पनि रूसमा प्रतिबन्धित गरिएको छ।

फेसबुक र इन्स्टाग्राम बाहेक रूसमा टिकटकमा पनि आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। टिकटक प्रयोगकर्ताहरूले अपलोड गरेको भिडियो हेर्न सक्छन्‚ तर नयॉं भिडियो अपलोड गर्न सक्दैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077