Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौँ बसेर कोरिया पठाउने नाममा कोरियाली नागरिकको ठगी धन्दा, यसरी परे सीआईबीको फन्दामा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दक्षिण कोरिया पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना कोरियन नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दक्षिण कोरिया घर भई हाल काठमाडौँ महानगरपालिका -७ लाहुरेटोल, चावहिल बस्ने ओके कन्सलटेन्सीका संचालक ७३ बर्षीय राई सी जंग रहेका छन्।

सीआईबीका अनुसार पक्रउ परेका उनले आफूलाई ओके कन्सलटेन्सीको संचालक बताउँदै वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाईदिन्छु भन्दै  पीडितबाट रकम ठगी गरेका थिए।

रकम लिएर फरार रहेका उनलाई जाहेरीको आधारमा सोमबार महांकालबाट पक्रउ गरिएको सीआईबीको भनाइ छ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी वृत, गौशालामा पठाइएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077