Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेन-रुस युद्ध : युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएको अमेरिकाको दाबी

एजेन्सी । युक्रेनमा अघि बढ्ने रुसी प्रयास केही दिन देखि रोकिएको दाबी गरिएको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना हवाई हमलामा त्यति धेरै अघि बढ्न नसकेको दाबी गरिएको हो ।

उसको पछिल्लो मूल्याङ्कन अनुसार युक्रेनी सहरहरूले बहादुरीपूर्वक आफ्नो रक्षा गर्न सफल भएका छन् । दिनभरि गोलाबारी भएको राजधानी किएभमा रातको समयमा विस्फोटन भएका छन्।

युक्रेनको उत्तर पश्चिम क्षेत्रमा एउटा टेलिभिजन च्यानलमा भएको हवाई हमला पश्चात् भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धार कार्यमा अधिकारीहरू खटिएका छन्।

फेब्रुअरी २४ तारिखमा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले हालसम्म कुनै पनि ठूलो युक्रेनी सहर नियन्त्रणमा लिन सकेको छैन। यसैबीच युक्रेनमाथि आक्रमण गरेसँगै लगाइएका प्रतिबन्धबाट जोगिन रुसलाई मद्दत गरे त्यसको परिणाम चीनले भोग्नुपर्ने अमेरिकाले जनाएको छ।

चिनियाँ विदेशमन्त्रालयले भने अमेरिकामाथि मिथ्या सूचना फैलाएको आरोप लगाएको छ। रुसले पनि चीनसँग सैन्य सहायता मागेको अस्वीकार गरेको छ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077