Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एक्लै चुनावी अभियानमा काँग्रेस, गठबन्धनबारे चैत तेस्रो साता निर्णय हुने

काठमाडौं । नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो। आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको छ।

काँग्रेसका केन्द्रीय सदस्यहरू सबै जिल्लामा गएर ‘चुनाव आयो’ भन्दै काँग्रेस जगाउन जनताका घरदैलोमा पुगेका छन्। यद्यपि, चुनावमा भने एक्लै जाने कि गठबन्धनमा यसबारे ठोस निर्णय भने बनाइसकेको छैन।

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले गठबन्धनका विषयमा निर्णय गर्ने बताए। अन्नपूर्ण दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077