Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप क्रिकेट लिग-२ : पपुवा न्युगिनीसँग खेल्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाललले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ ।

यूएईको शारजहाँ क्रिकेट मैदानमा नेपाली समयअनुसार सवा ११ बजे खेल सुरु हुनेछ । पीएनजी लिगको तालिकाको पुछारमा रहेको टोली हो ।

उसले लिगमा खेलेको १३ मध्ये कुनै पनि खेलमा जित हात पार्न सकेको छैन । नेपालले भने ८ खेलबाट अहिलेसम्म ८ अंक हात पारेको छ। नेपाल लिगमा सातौं स्थानमा छ।

त्यसैले पनि नेपालको यूएई भ्रमण निकै महत्वपूर्ण मानिएको छ । यूएई भ्रमणअघि नेपालले श्रीलंकामा ४ अभ्यास खेल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077