Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेन-रुस युद्ध : तीन देशका प्रधानमन्त्री जोखिमपूर्ण रेल यात्रा गरेर युक्रेन पुगे

एजेन्सी । युद्धग्रस्त युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्न तीन छिमेकी देशका प्रधानमन्त्रीहरु सुरक्षा चुनौति चिरेर राजाधानी किएभ पुगेका छन् ।

मङ्गलवार साँझ किएभमा कर्फ्यु लागु रहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गरेका हुन् । चेक गणतन्त्रका प्रधानमन्त्री पित्र फिलाले युक्रेन आफ्नो देशको स्वतन्त्रता रक्षाका लागि लडिरहेको बताएका छन्।

उनले जेलेन्स्कीसँगको भेटपछि ट्वीट गरेका छन्, ‘हामी तपाईँहरुको साहासी युद्धको सम्मान गर्छौँ । हामीलाई थाहा छ कि तपाईँहरु हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाईँहरु एक्लो हुनुहुन्नँ, हाम्रो देश तपाईँसँग छ ।’

मोराभिएत्सकी, फियाला र स्लोभेनियाका यानेस यान्सा गत फेब्रुअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई भेट्ने प्रथम अन्तर्राष्ट्रिय नेता हुन् ।

'तपाईँहरूको भ्रमण युक्रेनको लागि समर्थनको शक्तिशाली अभिव्यक्ति हो,' जेलेन्सकीले किएभ पुगेका नेताहरूको समूहलाई भनेको बताइएको छ। किएभमा युरोपका तीन नेताहरूसँग छलफल भइरहेका बेला ठूलो विस्फोटनको आवाज सुनिएको थियो।

युक्रेन पुगेका नेताहरूले आफूहरूसँग कुनै निश्चित म्यान्डेट नरहेको तर फ्रान्समा गत हप्ता भएको युरोपेली सङ्घको सम्मेलनका क्रममा उल्लेख गरिएका कारण ब्रसल्सका नेताहरूलाई भ्रमणको जानकारी रहेको बताए। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077