Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कैद र जरिवाना तोकिएका श्रीमान-श्रीमती पक्राउ

    कैद र जरिवाना तोकिएका श्रीमान-श्रीमती पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 1.3K
    SHARES

    जनकपुरधाम । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेका एक दम्पतिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १३ बस्ने ४२ बर्षीय रामजी पासवान र ३२ बर्षीया उनकी पत्नी विभा पासवान छन् । दुबैलाई मंगलबार घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीले जनाएको छ ।



    मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतको २०७७ माघ २२ गतेको फैसलाले पासवान दम्पतिलाई कैद तथा जरिवाना तोकेको थियो । जोगिन्द्रलाई २२ बर्ष कैद र रु २ लाख ५० हजार जरिवाना तथा विभालाई १७ बर्ष कैद र रु १ लाख ५० हजार जरिवाना तोकिएपछि दुबै फरार भएका थिए ।



    उनीहरुलाई पक्राउ गरी धनुषा जिल्ला अदालतमा पेश गर्दा अदालतले झुम्का कारागार सुनसरी पठाउने आदेश दिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार