Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता दिने

काठमाडौँ । अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता दिने भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ।

रुसी राष्ट्रपतिको युक्रेनमाथिको आक्रमणले विश्वका सबै मानिसलाई एकीकृत बनाएको र अमेरिकी संसद्‌मा पनि डेमोक्रयाट र रिपब्लिकनहरूलाई एक ठाउँमा उभ्याएको बाइडेनको भनाइ छ ।

नेटोको आपत्कालीन बैठकमा भाग लिन बाइडेन आगामी साता युरोप जाँदै छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077