Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलमार्फत् कारवाही गर्ने श्रममन्त्री श्रेष्ठको चेतावनी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभनमा नेपालीलाई युएई ल्याउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

संयुक्त अरब इमिरेट्स ९युएई० भ्रमणमा रहेका मन्त्री श्रेष्ठले मङ्गलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग छलफलमा यस्तो चेतावनी दिएका हुन्।

कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन दिने र रोजगारीको प्रलोभनमा नेपालीलाई युएई ल्याउनेलाई कारबाही गर्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दोषीलाई पक्राउ गर्न सकिने बताए ।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानअघि बढाइएको जनाउँदै मन्त्री श्रेष्ठले भने, 'गैरकानुनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा पनि जोगिदैनन् ।' उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालय तथा दूतावासका कर्मचारीसहित प्रवासी नेपाली सङ्घसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र श्रमिकहरूको सहभागिता रहेको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077