Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्र बैंकले गर्‍यो १४ वटा वाणिज्य बैंकलाई कारबाही, प्रभु बैंकलाई १ लाख ८० हजार जरिवाना

काठमाडौं । नियम विपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ।

कारबाहीमा पर्नेमा नेपाल बैंक, बाणिज्य बैंक, प्रभु बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई र नेपाल बंगलादेश बैंक रहेको राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले जनाएको छ।

यसैगरी, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबी बैंक पनि कारबाहीमा परेको राष्ट्र बैंकको भनाइ छ।

कारवाहीमा परेकोमध्ये प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात वैधानिक तरलता अनुपात कायम नगरेका कारण १ लाख ८० हजार ३४० रुपैयाँ जरिवाना गरेको छ।

यस्तै, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेन्चुरी बैंकका सीइओलाई केन्द्रीय बैंकले सचेत गराएको राष्ट्र बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077