Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • होली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने राष्ट्रपति भण्डारीको विश्वास

    होली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने राष्ट्रपति भण्डारीको विश्वास

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 942
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन् ।

    फागुपूर्णिमाका अवसरमा आज (बिहीबार) शुभकामना सन्देश दिँदै उनले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेकी छन्।



    यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको बताउँदै राष्ट्रपति भण्डारीले त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन्।



    वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए तापनि सत्यको विजय नै अवश्यम्भावी हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले प्रखररूपमा अभिव्यक्त गर्ने सन्देशमा उल्लेख छ।

    अन्यायमाथि न्यायको, दुराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाइने सांस्कृतिक पर्व होलीले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायका पक्षमा अविचलितरूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास पनि राष्ट्रपतिको सन्देशमा व्यक्त गरिएको छ।

    हाम्रो संस्कृतिका असल पक्षलाई प्रवद्र्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने सन्देशमा उल्लेख छ। फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार