Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेन संकट : अमेरिकी राष्ट्रपति बाइडनले रुसी राष्ट्रपति पुटिनलाई दिए ‘युद्ध अपराधी’ को संज्ञा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भएको टिप्पणी गरेका छन् ।

ह्वाट हाउसमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बाइडनले उक्त शब्द प्रयोग गरेका हुन् ।

युक्रेनमा रुसले आक्रमण गरेपछि पुटिनको निन्दा गर्न बाइडेनले ‘युद्ध अपराधी’ को संज्ञा दिएका हुन् ।

यसबाट रुस र अमेरिकाबीच कूटनीतिक तनाव अझै बढ्ने अनुमान छ । रुसले बाइडेनको अभिव्यक्तिलाई ‘अस्वीकार्य अनि अक्षम्य’ भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077