Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यकामा होलीको रौनक: बिहानै मापसे गरेर चलाएका १ सय ६३ सवारी नियन्त्रणमा

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मापसे गरेर चलाएका १ सय ६३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

बिहीबार होलीमा अवसर पारी लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका १ सय ६३ वटा सवारी साधनलाई  ‘होल्ड’मा राखिएको महाशाखाले जनाएको छ।

याे समाचार तयार गर्दासम्म ट्राफिक प्रहरीले १०४ वटा मोटरसाइकल र ५९ वटा चार पाङ्ग्रे सवारी होल्ड गरेको छ ।

तीव्र गति, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाएको भेटिए त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर दिनभर होल्ड गरिएको महाशाखाको भनाइ छ।

काठमाडौँ उपत्यकामा ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077