Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादी एमालेमै समाहित हुने शंकर पोखरेलको दावी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई चुनाव जित्न नदिने बताएका छन् ।

बिहीबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले एकीकृत समाजवादी भविष्यमा अस्तित्व नै नरहने अवस्था सिर्जना गर्ने बताएका हुन् ।

'अहिले हामीले माधव नेपालको पार्टीलाई किन मान्यता दिएका छैनौं भन्दा त्यसलाई हराइदिने हो,' पोखरेलले भने, 'भविष्यमा त्यो पार्टी अस्तित्वमा नरहोस् भन्नका लागि हामीले चुनाव नजित्ने खालको स्थिति बनाउनैपर्छ।'

चुनावमा हारेपछि सो पार्टी एमालेमै समाहित हुने उनको दावी छ । महासचिव पोखरेलले अरु साना कम्युनिस्ट पार्टीलाई पनि चुनावमा हराएर एमालेमा समाहित गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077