Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युद्ध सुरु भएपछि 'युक्रेनबाट २० लाख मानिस पोल्याण्डमा'

एजेन्सी । युक्रेनमा युद्ध सुरु भएपछि झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड छिरेको जानकारी पोलिश सीमा सुरक्षा निकायले दिएको छ।

पोल्यान्ड आएका झन्डै पाँच लाख मानिस अन्यत्र गइसकेको वार्सा विश्वविद्यालयमा कार्यरत आप्रवासनसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक माचे दुश्चकले बताएका छन्।

बुधवार मात्र ६०,००० मानिसले सीमा पार गरेको सीमा सुरक्षाबलले जनाएको छ। उक्त सङ्ख्या मङ्गलवारको भन्दा ११ प्रतिशत कम हो।

बिहीवार जीएमटी ६ बजेसम्म १२,००० जना युक्रेनबाट पोल्यान्ड प्रवेश गरेका थिए। बुधवार सोही अवधिमा सीमा पार गर्ने मानिसको सङ्ख्या १३,६०० थियो।

पोल्यान्ड छिरेका अधिकांश शरणार्थीहरू वार्सा, क्राको र व्रोक्लाजस्ता ठूला सहरमा गएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077