Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सीआईबीद्वारा बैंकिङ कसूर मुद्दाका फरार विश्वकर्मा पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७ घर भइ हाल काठमाडौं, टोखा-१ भत्केकोपुल बस्ने ४२ बर्षीय राजेन्द्र विश्वकर्मा रहेका छन्।

सीआईबीका प्रवक्ता तथा एसपी श्याम कुमार महतोका अनुसार विश्वकर्मालाई उच्च अदालत पाटनको मिति २०७८ फागुन १० गते वैंकिङ् कसूर मुद्दामा बीस लाख रुपैंया जरिवाना र पाँच दिनको कैद फैसला गरेको थियो।

अदालतको फैसलापछि फरार रहेका विश्वकर्मालाई सीआईबीले शुक्रबार टोखाबाट पक्राउ गरेको एसपी महतोले जानकारी दिए।

सीआईबीका अनुसार विश्वकर्माले मेघाबैंक लिमिटेड,गोंगुबु शाखामा आफ्नै नामको खाताबाट पर्याप्त रकम नभएको जान्दाजान्दै पनि रकम भुक्तान गर्नका लागि पीडितलाई चेक दिएका थिए ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077