Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ड्रोनभित्र लुकाएर ल्याएको सुनसहित भुटानी शरणार्थी पक्राउ

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना भुटानी शरणार्थीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिहीबार अमेरिकाबाट नेपाल आएका भुटानी शरणार्थीभुटानी शरणार्थी अनिषहाङ बहिङ राई छन्। विमानस्थल प्रहरी स्रोतका अनुसार उनले ड्रोनभित्र अबैध सुन लुकाएर ल्याएका थिए ।

उनले ड्रोन ह्याण्डब्यागमा ल्याएका थिए, तर उक्त ड्रोन उनले एक्सरे मेसिनमा हाल्न मानिरहेका थिएनन्, स्रोतले अनलाइन नेपालसँग भन्यो,' कर्मचारीले शंका लागेर मेसिनमा हाल्दा ड्रोनको लेन्सनिर सुनको बिस्कुट भेटियो।'

उनको साथबाट सुरूमा १०० ग्राम सुन बरामद भएको र अरु लगेज समेत चेक गर्दा ९३४ ग्राम सुन जस्तो धातु समेत बरामद भएको बताइएको छ।

पक्राउ परेमा राईमाथि महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077