Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

झलनाथ खनालको निर्वाचन क्षेत्रमा एमाले अध्यक्ष ओली जाँदै

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज इलाम जाँदै छन् ।

एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलामको सूर्योदय नगरपालिका जान लागेका हुन् ।

ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्नेछन् । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ ।

इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077