Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचनमा गठबन्धनको भर नपरौं, आफ्नै बलमा चुनाव जित्ने गरी तयारी गरौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै आश नगर्न निर्देशन दिएका छन् ।

आइतबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफ्नै बलमा चुनाव जित्ने गरी तयारी गर्न पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ, उनले भने, गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो।’

उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए । आगामी वैशाख ३० मै स्थानीय चुनाव हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077