Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बेलायती प्रधानमन्त्रीद्वारा युक्रेनमाथि रुसले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्न चीनलाई आग्रह

एजेन्सी। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमाथिको रुसको आक्रमणको कडा शब्दमा निन्दा गर्न चीनलाई आग्रह गरेका छन् ।

सन्डे टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा पीएम जोनसनले  रुससँग उभिनु दोस्रो विश्वयुद्धमा गलत पक्ष रोज्नु बराबर भएको बताए ।

'समय बित्दै जाँदा र रुसी अत्याचारको संख्या बढ्दै गएपछि, मलाई लाग्छ कि पुटिनको आक्रामकतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बेवास्ता गर्नु मानिसहरूका लागि अझ गाह्रो र राजनीतिक रूपमा लज्जास्पद बन्दै गएको छ, उनले भने।

यद्यपि, जोनसनले भने कि उनी विश्वास गर्छन् कि बेइजिङले आफ्नो तटस्थ स्थिति 'पुनविचार' गर्नेछ।

युक्रेनमा रुसको कारवाहीको चीनले अहिलेसम्म निन्दा गरेको छैन। रुसले चीनसँग सहयोग मागेको खबर पनि आएको थियो ।

यसअघि शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई सहयोग गरे चीनले 'गम्भीर परिणाम' भोग्नुपर्ने चेतावनी दिएका थिए।

शनिबार चिनियाँ विदेशमन्त्री वाङ यीले यस मुद्दामा आफ्नो देशको अडानलाई 'निष्पक्ष' भएको बताए। उनले यस विषयमा चीनले कुनै पनि बाह्य दबाबप्रति प्रतिक्रिया नदिने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077