Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सूर्य हरियो हुन्छ कहीँ ? : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको लागि मतपत्र हरियो बनाइएकोप्रति फेरि पनि आपत्ति जनाएका छन् । निर्वाचन आयोगको मतपत्र हरियो बनाउने निर्णयको विरोध गर्दै आएको ओलीले आज पनि आलोचना गरेका हुन् ।

इलाममा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसको चुनाव चिन्ह रुखसँग रंग मिलाइदिएको आरोप लगाए । उनले चुनावको मनोनयनका लागि दुई दिन समय दिइएकोप्रति पनि आशंका उब्जिएको बताए ।

उनले भने–‘रुखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने ? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? दलहरूसँग किन परामर्श गरिएन ? किन कांग्रेसको अनुकूल हुने गरी निर्णय भयो ? सूर्य हरियो हुन्छ कहीँ ?’

ओलीले मनोनयन दर्ताका लागि दुई दिन दिने प्रचलन विश्वमा कतै नभएको दाबी गरे । उनले भने–‘सधैँ निर्वाचन अयोगले मनोनयन दर्ताका लागि एक दिन समय दिने गर्थ्यो । यसपालि दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा एक दिनमा कुरा नमिल्न सक्छ भनेर हो ? मनोनयनका लागि दुई दिन दिएको कहिँकतै देख्नुभएको छ ? विश्वभरि एकै दिन दिइन्छ । पाँच दलीय खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077