Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पुटिनसँगको वार्ताको लागि तयार छु : युक्रेनी राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले वार्ता मार्फत युद्धको समाधान गर्नुको विकल्प नरहेको बताएका छन् । वार्ताको असफलताको अवस्थामा रुसी आक्रमणले ‘तेस्रो विश्वयुद्ध’ को रुप लिने बताएका छन् ।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा वार्ताका लागि तयार रहेको बताएका हुन् ।

उनले पुटिनसँगको वार्ता युद्ध अन्त्य गर्ने एक मात्र विकल्प रहेको बताए । उनले भनेका छन्, ‘वार्ताको सम्भावनाका लागि हामीले कुनै पनि संरचना प्रयोग गर्न सकिन्छ ।’

तर रुसको समर्थन पाएका पृथकतावादी क्षेत्रलाई स्वतन्त्र घोषणा गर्नु पर्ने रुसी मागमा भने आफूहरु सहमत हुन नसक्ने जेलेन्स्कीले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077