Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जग्गा बेच्न नदिएपछि आमालाई मार्न साथीलाई १ लाख 'सुपारी', छोरासहित दुईजना पक्राउ

कास्की । कास्कीमा जग्गा बेच्न नदिएको निहुँमा आफ्नै आमाको हत्याको आरोपमा छोरा ओमबहादुर नेपाली पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली चैत ४ गते बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीका अनुसार जग्गा बेच्न नदिएको निहुँमा ओमले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा पक्राउ परेका नौमायाका जेठा छोरा ओमबहादुरलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

ओमबहादुरले साथी कुमार गुरुङको सहयोगमा ३ चैतमा आमाको हत्या गरेका प्रहरीले बताएको छ । उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ओमबहादुरले पोखरा महानगरपालिका–१२ स्थित घर र जग्गा बेच्न खोजेका थिए । तर आमा नौमायाले बेच्न नमान्दा हत्या गरिएको प्रहरीले जनाएको छ ।

माटेपानी बस्ने साथी कुमार गुरुङलाई जग्गा विक्री भए पछि एक लाख दिने सर्तमा हत्यामा सहयोग मागेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए ।

३ चैतमा फागु पूर्णिमाको दिन मदिरा सेवन गरेका ओम र उनका साथी राति घर आएर नौमायाको हत्या गरेको प्रहरीको भनाइ छ । घटनापछि दुवै जना कुमारकै घरमा गएर बसेको खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई फौजदारी अपराध संहिता २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077