Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेकपा एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धर

    नेकपा एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धर

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमालेमा प्रवेश गर्दै छिन् । उनी पहिलेको पार्टी नयाँ शक्ति पार्टीको समूहसहित एमालेमा प्रवेश गर्ने तयारी गरेकी हुन् ।

    केही दिन अघिदेखि नै एमालेमा जाने चर्चा चलेकी करिश्मालाई मंगलबार दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।



    एमालेमा प्रवेश गर्ने निर्णय गर्नुभन्दा केही समय अघिदेखि नै करिश्माले केपी ओलीसँग भेटेकी थिइन् । अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन् ।



    उनी आफ्नो समूहसहित एमालेमा प्रवेश गर्न लागेकी हुन् । यस्तै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगै दल पनि आज एमालेमा प्रवेश गर्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार