Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्व कप लिग-२ : पीएनजीले नेपाललाई दियो १ सय ७४ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालसँग खेलिरहेको पपुवा न्युगिनीले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको हो।

पीएन‍जीका लागि आसड भलाले ९६ बलको सामना गर्दै ४५ रन जोडे। त्यस्तै लेगा सियकाले ३२ बल खेल्दै २० रन जोडेका थिए।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिए। त्यस्तै करन केसी, आरीफ शेख, दिपेन्द्र सिंह एरी, पवन शराफले समान १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077