Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेताको हत्यापछि भारतको पश्चिम बङ्गालमा हिंसा भड्कियो, ८ जनाको मृत्यु

एजेन्सी । भारतको पश्चिम बङ्गाल राज्यको बीरभुम जिल्लामा हिंसा भड्किँदा आठ जनाको मृत्यु भएको छ ।

बागटुई गाउँमा सोमवार राति तृणमुल कांग्रेसका स्थानीय नेता तथा ग्राम पञ्चायतका उपप्रधान भादु शेखको अज्ञात समूहले बम प्रहार गरेर हत्या गरेका थिए ।

यसै घटनालाई लिएर गाउँमा भड्किएको हिंसामा परेर थप आठ जना सर्वसाधारणको मृत्यु भएको बताइएको छ । सोमबार राति गाउँका दर्जनौँ घरमा नचिनेका व्यक्तिको समूहले आगो लगाइदिएको र दमकललाई समेत प्रवेश गर्न नदिएको खबरमा उल्लेख छ ।

एकै घरबाट सात जनाको शव जलेको अवस्थामा निकालिएको प्रहरीले जनाएको छ । पश्चिम बङ्गलाका प्रहरी डीजीपी मनोज मालवीयले गाउँमा निकै लोकप्रिय मानिएका नेता भादु शेखको हत्यापछि उनी समर्थकले विपक्षी पार्टीका समर्थकको घरमा आगजनी गरेको बताए ।

घटनाको जाँचका लागि राज्य सरकारले विशेष कार्यदल गठन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077