Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

टी–ट्‍वान्‍टी र एकदिवसीय रसिरिजका लागि नेपाली क्रिकेट टिम घोषणा, ज्ञानेन्द्र मल्ल आउट !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसिय र त्रिकोणात्मक टी–ट्‍वान्‍टी सिरिजका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ ।

क्यानले मंगलबार एकसाथ सन्दीप लामिछानेको कप्तानीमा दुई टिमको घोषणा गरेको हो । क्यानले सार्वजनिक गरेको एकदिवसीय टी–ट्‍वान्‍टी टिमको सूचीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल अटाएका छैनन् ।

सन्दीपको नेतृत्वको टी–ट्‍वान्‍टी टोलीमा आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी आटाएका छन ।

यस्तै सन्दीपकै नेतृत्वको एकदिवसिय नेपाली टोलीमा आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, अनिल साह, विक्रम सोब, सुशन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुलसन झा र भिम सार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077