Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

२५ जना डिएसपीहरुको काज सरुवा, को कहाँ ? (सूची सहित)

काठमाडौं । नेपाल प्रहरीका २५ जना डीएसपीहरुको काज सरुवा भएको छ। नियमित रुपमा हुँदै आएको सरुवालाई रोकेर प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको काज सरुवा गरेको हो।

काज सरुवा भएर डीएसपी तिलक भारतीलाई म्याग्दीमा खटाइएको छ भने सुनलिजंग शाहलाई सोलुखुम्बुमा, सन्तोष निरौलालाई जागरकोटमा र सुकदेव खनाललाई ओखलढुंगामा खटाइएको छ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ। यसका लागि निर्वाचन आयोगले केही दिनभित्रै आचारसंहिता लागू गर्नेछ। सरकारले आचारसंहिता लागू हुनुभन्दा अगावै ठूलोमात्रामा प्रहरी र प्रशासन क्षेत्रका कर्मचारीको सरुवाको तयारी गरिहेको छ।

गृहमन्त्री बालकृष्ण खाणले हिजो (मंगलबार) मात्रै दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गरेका थिए।

हेर्नुहोस् डिएसपीहरुको सरुवा सूची

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077