Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुसले भन्यो-'अस्तित्वको संकट उत्पन्न भए मात्र परमाणु हतियार प्रयोग गर्छौं'

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पोस्कोभले अस्तित्वको संकट उत्पन्न भए मात्र रुसले परमाणु हतियारको प्रयोग गर्ने बताएका छन् ।

साथै उनले यसको प्रयोग मुलुकको सुरक्षाको लागि गरिने पनि स्पष्ट पारेका छन्।

मंगलबार अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको अन्तर्वार्तामा उनले युक्रेनमा भइरहेको युद्धमा परमाणु हतियारको प्रयोग हुन सक्ने सम्भावनालाई नकारेका हुन्।

उनले भने, ‘देशको सुरक्षालाई लिएर हाम्रो एउटै धारणा छ र यो खुला छ। तपाईं देख्न सक्नुहुन्छ कि कस्तो अवस्थामा परमाणु हतियार प्रयोगको कुरा भएको छ। यदि हाम्रो मुलुकको अस्तित्वको प्रश्न उत्पन्न भयो भने हामी आफ्नो नीति अनुसार परमाणु हतियार प्रयोग गर्न सक्छौं।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077