Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ नाै नम्बरमा, यी हुन् बढी प्रदूषित १० सहर

काठमाडौं । विश्वकै प्रदूषित खराब १० सहर भित्रको सूचीमा काठमाडौं परेको छ । बुधबार बिहान ९.४५ बजेको तथ्यांकअनुसार काठमाडौंको वायु विश्वको ९औं प्रदूषित सहरभित्रको सूचीमा छ ।

स्विट्जरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार अहिले काठमाडौंको वायुको गुणस्तर ‘अस्वस्थकर’ स्तरमा छ । केही दिनदेखि काठमाडौं उपत्यकाको वायुमण्डल सफा छैन । बिहान तुवाँलोले वायुमण्डल ढाकिरहेको छ । आँखा पिरो हुने, चिलाउने र नाक पोल्ने अनुभव हुन थालेको छ ।

नेपाल सरकारले पनि काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा वायु प्रदूषण आपत्कालसम्बन्धी व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले तीन माघ २०७६ मा पारित गरेको यो कार्ययोजनामा स्पष्ट रुपमा ३०० एक्यूआई नाघेपछि विपद् घोषणा गर्ने भनिएको छ । अहिले काठमाडौंको एक्यूआई १६०को हाराहारीमा छ ।

वायुको गणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आईक्युएयरका अनुसार मंगलबार काठमाडौं विश्वकै प्रदूषित सहरको छैठौं स्थानमा थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077