Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शान्तिसुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री खाँण

कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा शान्तिसुरक्षा कायम भएको बताएका छन् ।

देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल रहेको जनाउँदै कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको कामप्रति उच्च मूल्याङ्कन गरिएको बताए ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरीबल नेपाल नं ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयको उद्घाटन गर्दै खाँणले सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा व्यवस्थापनका लागि सरकारले तयारी गरिरहेको बताए । सशस्त्र प्रहरीको अवकाशपछि पनि आत्मनिर्भर बनाउनका लागि सरकारले योजना ल्याउने तयारी गरेको उनले जानकारी गराए ।

मन्त्री खाँणले स्थानीय तहको निर्वाचन नजिकिँदै गएकाले निर्वाचनलाई सभ्य रुपमा सम्पन्न गर्न भएकाले यसमा सुरक्षाकर्मीको भूमिका उल्लेखनीय हुने बताए ।

कूल ५० बिघा क्षेत्रफलमा फैलिएको मुख्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका युनिट रहेको छ । विसं २०५७ देखि सञ्चालन भएको गणको २०७५ साल भदौ ६ गते स्तरोन्नति भई वाहिनीका रुपमा स्थापना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077