Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अन्तर्राष्ट्रिय युवा प्रजातान्त्रिक संघको वार्षिक कार्यक्रममा ३५ देशका प्रतिनिधि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आवद्ध अन्तर्राष्ट्रिय युवा प्रजातान्त्रिक संघको वार्षिक कार्यक्रम चैत १४ गते हुने भएको छ।

८१ वटा राष्ट्रहरू सम्मिलित युवा प्रजातान्त्रिक संघको उक्त कार्यक्रमलाई राप्रपा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने भएका छन्।

कार्यक्रममा नेपालको वर्तमान राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय कूटनीतिका विषयमा छलफल हुने बताइएको छ।

संघको गत अगष्ट महिनामा जर्मनीमा अधिवेशन भएको थियो। अधिवेशनपछि पहिलो वार्षिक कार्यक्रम राखिएको हो ।

कार्यक्रममा भारतीय जनता पार्टीका शौरभ चौधरी, जर्मनी सिडियु पार्टीका माइकल डस्ट, बेलायत कन्जरभेटिभ पार्टीका एमपी निकोला रिचार्ड, अष्ट्रेलियाको लिबरल पार्टीका जोश मनुओट लगायत ३५ देशका प्रतिनिधि सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077