Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बैंकिङ कसूर मुद्दामा फरार खड्के काठमाडौंबाट पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका रगुन खड्के पक्राउ परेका छन्।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ घर भई काठमाडौं क्षेत्रपाटी बस्दै आएका ३८ वर्षीय खड्केलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार भीमसेनगोलाबाट पक्राउ गरेको हो।

आफ्नो खातामा पैसा नभएका खड्केले ३६ लाख रुपैयाँको चेक काटेर दिएको र
चेक नसाटिएपछि पीडितले अदालतमा मुद्दा हालेका थिए।

उच्च अदालत पाटनले गत वर्षको फागुन ९ गते उक्त मुद्दाको सुनुवाइ खड्केलाई ३६ लाख रुपैयाँ जरिवाना र ७ दिनकै कैद सजाय सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077