Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेसमा कार्यकर्ता तान्न होडबाजी, पार्टी प्रवेशको लहर

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकएसँगै मधेस प्रदेशमा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारेका छन् । विभिन्न दलका शीर्ष नेताहरूले निर्वाचनमा आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । चैतको सुरूआतसँगै मधेसमा पार्टी प्रवेशको लहर चलेको छ ।

चुनावमा उम्मेदवार बनाएर जिताउनेसम्मका आश्वासन दिएर अर्को पार्टीका नेता(कार्यकर्ता तान्न शीर्ष नेता नै सक्रिय बनेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, राप्रपाबीच कार्यकर्ता तान्ने होडबाजी चलेको छ। पार्टी प्रवेशको लहरलाई निर्वाचनसँग जोडेर हेरिएको छ।

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका दलले मधेसमा बढी ध्यान दिएका छन् । अहिले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मधेस दौडाहामा छन् ।

उनी पार्टी प्रवेश गरनउजे कार्यक्रममा केन्द्रित देखिन्छन् । यादवले बुधाबार सप्तरीको राजविराजमा नेकपा एमालेकी नेत्री रञ्जु ठाकुरलाई जसपामा भित्र्याए । एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य भएकी ठाकुर महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिको सभापतिसमेत भएकी थिइन् ।

ठाकुरसँगै सप्तरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुण प्रधान पनि जसपामा प्रवेश गरेका छन् । फागुन २८ गते वीरगन्ज महानगरपालिका प्रमुख विजय सराबगीलाई एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीमा भित्र्याएका थिए । नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077