Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले पायो पूर्णता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशमा पदाधिकारी चयन भएको छ ।

आकांक्षी धेरै भएपछि अधिवेशन भएको करिब ३ महिनासम्म पदाधिकारी चयन हुन नसकेकामा बुधबार भने यसको टुंगो लगाइएको हो ।

गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) भने यसअघि नै चयन भएकी थिइन् । माओवादी केन्द्र गण्डकी प्रदेशका अनुसार उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैह्रे निर्वाचित भएका छन् ।

यस्तै सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेख बहादुर भण्डारी र टेक बहादुर बिक निर्वाचित भएक छन् । यस्तै कोषाध्यक्षमा तारा भुषाल चयन भएको माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077