Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

पल शाह प्रकरणमा दुर्गेश थापाले दिए प्रहरीसमक्ष यस्तो बयान

काठमाडाैँ - अभिनेता पल शाह एक किशोरी बलात्कार प्रकरणमा मुछिएको विषयमा गायक दुर्गेश थापाले पनि बयान दिएका छन् ।

दुर्गेश नामले चिनिने दुर्गाबहादुर थापाले दिएको बयानमा शाहले किशोरीमाथि बलात्कार गरेको सुन्नमा आएकाले पीडितलाई न्यायको लागि अघि बढ्न सुझाव दिएको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगमा पत्रअनुसार दुर्गेशले काठमाडौंको अनामनगरमा आफूहरु भेला भएर पीडितलाई कानुनी प्रक्रियामा अघि बढ्न सुझाव दिएको बयान दिएका हुन् ।

‘मिति २०७८।०१।१४ गते राति प्रदिप थापाको घर बास बसेको अवस्थामा प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले पीडित नाबालिकालाई विवाह गर्ने आश्वासन देखाई जबर्जस्ती करणी गरेको भन्ने कुरा थाहा हुन आएकोले मिति २०७८।०३।२३ गते काठमाडौं अनामनगरमा हामी भेला जम्मा भई पीडितलाई न्यायको अगाडि बढ्न सुझाव दिएका हौँ’, बयानमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077