Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुर्य थापा भन्छन्-‘अर्थहीन वाम एकताको पक्षमा गफ पनि तथ्यहीन, मनोगत र भ्रान्तिपूर्ण कहलियो’

    सुर्य थापा भन्छन्-‘अर्थहीन वाम एकताको पक्षमा गफ पनि तथ्यहीन, मनोगत र भ्रान्तिपूर्ण कहलियो’

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले वाम एकताको गफ भ्रान्तिपूर्ण कहलिएको टिप्पणी गरेका छन् ।

    शनिवार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता थापाले केहीले पोलिटब्यूरो बैठकमा राखेको वाम एकताको प्रस्ताव तथ्यहीन भएको टिप्पणी गरेका हुन् । पोलिटब्यूरो बैठकमा कैही नेताहरुले आगामी निर्वाचनमा वाम एकताको आवश्यकता रहेको बताएका थिए ।



    थापाले लेखेका छन्, ‘नेकपा एमाले पोलिटब्युरोको प्रथम र केन्द्रीय कमिटीको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न भएका छन् । विगतमा भन्दा बैठकको तयारी सुव्यवस्थित रह्यो । एजेन्डा र प्रस्ताव प्रस्तुति, छलफल र पारित गर्ने प्रक्रिया पनि फरक रह्यो । पोलिटव्युरोमा एजेन्डा पारित गर्दा केहीले राखेको नहुने र अर्थहीन वाम एकताको पक्षमा गफ पनि तथ्यहीन, मनोगत र भ्रान्तिपूर्ण कहलियो !’



    नेता थापाले अब एमाले आफ्नो सामर्थ्यमा सम्पूर्ण रूपमा एकताबद्ध भएर निर्वाचन केन्द्रित भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार