सर्लाही । सर्लाहीमा बाटो विस्तार गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सांसद प्रमोद साह घाइते भएका छन्।
शनिबार बिहान ईश्वरपुर नगरपालिका–६ बयलबास बजारमा बाटोको विषयमा दुई समूहबीच झडप हुँदा सर्लाही क्षेत्र नम्बर १ का सांसद साह घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय बयलबासका अनुसार बिहान बाटोछेउमा रहेको फुलजोर युवा क्लबको भवन भत्काइएको थियो।
सांसद साहले उक्त भवन त्यही ठाउँमा नभएर अन्यत्र बनाउनुपर्ने भनेपछि युवाहरू आक्रोसित भएको प्रहरीले जनाएको छ।
भवन त्यही ठाउँमा बनाउने वा सार्ने विषयमा युवाहरू विभाजित हुँदा झडप सुरू भएको थियो।
टाउकोमा चोट लागेका सांसद साहलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहोके प्रहरीले जनाएको छ।