Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ पुरस्कार

काठमाडौं । गैर आवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड राशिको ‘भवन प्राइज’ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

नेपालको विकासमा आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप गैर आवासीय नेपाली संघ तथा बीबी फाउन्डेसनद्वारा संयुक्तरुपमा एक करोड रुपैयाँको ‘भवन किर्ती रत्न‘ पुरस्कार प्रदान गरिएको हो ।

बीबी फउण्डेसनका अध्यक्ष तथा टीबीआई ग्रुपका अध्यक्ष एवं गैर आवसीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले शनिबार १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

हरेक दुइ दुई वर्षमा प्रदान गरिने ‘भवन किर्ती रत्न‘ पुरस्कार गैर आवासीय नेपाली संघको १०औं सम्मेलनका अवसरमा प्रथम पटक प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077