Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मागे पश्चिमा राष्ट्रसँग थप सैन्य सहयोग

एजेन्सी । रुसको आक्रमण युक्रेनमात्रै सीमित नहुने भन्दै राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा राष्ट्रसँग थप सैन्य सहयोगको माग गरेका छन्।

उनले अमेरिका तथा युरोपियन युनियनसहितका पश्चिमा राष्ट्रसँग युक्रेनका लागि युद्धक विमान माग गरेका हुन्।

जेलेन्स्कीले भनेका छन्, ‘रुसी आक्रमणबाट सुरक्षाको मूल्य के हो ? त्यसको स्पष्ट जवाफ छ। युक्रेनका लागि युद्धक विमान, ट्यांक, एन्टी मिसाइल सुरक्षा प्रणाली हुन्, त्यसको जवाफ या मूल्य।’

‘हामीलाई एन्टी–सिप हतियार चाहिएको छ। यी हतियार हाम्रा साझेदारसँग छन्। ती हतियार उनीहरुका गोदाममा धूलो लागेर बसेका छन्, यहाँ हामीलाई हाम्रो रक्षाका लागि चाहिएको छ’, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077