Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री वाङबीच शिष्टचार भेटवार्ता

    राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री वाङबीच शिष्टचार भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यी बीच शिष्टाचार भेट भएको छ ।

    नेपालको तीनदिने भ्रमणमा रहेका विदेशमन्त्री वाङले राष्ट्रपतिको कार्यकक्ष शीतल निवासमा आइतबार विहान शिष्टाचार भेट गरेका हुन् ।



    भेटमा उनीहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको बताइएको छ ।



    राष्ट्रपति भण्डारीसँगको भेट लगत्तै चिनियाँ विदेशमन्त्री वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।

    भेटवार्तापछि उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार