Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारत बेच्न लैजाँदै गरेकाे हात्ती वीरगञ्जबाट नियन्त्रणमा

पर्सा  । नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट उक्त हात्तीसहित प्रहरीले तीन जनालाई पनि नियन्त्रणमा लिएको छ ।

चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले बताए । उनका अनुसार हात्ती लिएर हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ जितपुर घर भएका ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका–५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।

बेच्नको लागी हात्तीहरू लैजाँदै गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077