Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एनआरएनए विवाद : शेष घले पक्ष पुग्यो परराष्ट्र मन्त्रालय

काठमाडौं । आफू आधिकारिक गैरआवासीय नेपाली संघ (एनआरएनए) भएको दाबी गर्दै शेष घले पक्ष परराष्ट्र मन्त्रालयमा पुगेको छ ।

आइतबार अध्यक्ष विनोद कुँवरको नेतृत्वले परराष्ट्र मन्त्रालयमा पुगेर काठमाडौंमा सम्पन्न महाधिवेशनबाट भएको निर्णयलाई वैधानिकता दिन माग गर्दै निवेदन दर्ता भएको हो ।

याक एण्ड यतिमा मार्च २४ तारिखका दिन एनआरएनएका प्रमुख संरक्षक शेष घलेको अगुवाइमा १० औं विश्व सम्मेलन गरेर कुँवरलाई अध्यक्ष चयन गरिएको थियो ।

निवेदमा ''उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघको सन् २२ मार्च २०२२ देखि २४ मार्च २०२२ मा काठमाडौं, दरबारमार्गस्थित याक एण्ड यति होटलमा सम्पन्न दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूबाट गैरआवासीय नेपाली संघको विधान, २००३ (२०२१ संशोधित सहित) को केही व्यवस्थाहरुलाई संशोधन गर्ने गरी निर्णय पारित भएको हुँदा उक्त निर्णयलाई अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको मिति २०७८।१२।१२ को बैठकबाट सम्बोधन गरी विधानको दफा २९ बमोजिम विधानको संशोधित व्यवस्थाहरु त्यहाँ मन्त्रालयबाट स्वीकृति तथा प्रमाणीकरण गर्न हार्दिक अनुरोध गर्दछु ।’भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077