Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा सबै अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अनुमति

एजेन्सी । भारतमा पछिल्लो दुई वर्षदेखि बन्द रहेको व्यवसायिक अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा खुला गर्न अनुमति दिइएको छ ।

कोरोना महामारीका कारण बन्द रहेका सबै अन्तर्राष्ट्रिय उडानलाई २७ मार्च आइतबारबाट खुला गर्न भारतले अनुमति दिएको हो । अब अन्तर्राष्ट्रिय उडान कोराना महामारी अघिको अवस्था जस्तै नियमित हुनेछन् ।

भारतले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुलाएसँगै निजी कम्पनीका विमान कम्पनीहरुले भारतका विभिन्न सहरबाट टिकटको बुकिङ तथा उडान थालेका छन् ।

कोरोना बढेसँगै सन् २०२० को मार्च २३ बाट भारतले अन्तर्राष्ट्रिय उडान परिचालनमा कडाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077