Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिन संसारकै सबैभन्दा धनी व्यक्ति ? एलोन मस्कको बयानले सबै चकित

एजेन्सी। संसारको सबैभन्दा धनी व्यक्ति को हुन ? यसको बहस चर्किएको छ । गत महिना जारी गरिएको फोर्ब्सको सूची अनुसार एलोन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्, उनको कुल सम्पत्ति २३९.३ अर्ब डलर अनुमान गरिएको थियो ।

यसअघि डिसेम्बर २०२१ मा, एलोन मस्कको सम्पत्ति करिब २६६ बिलियन डलर भएको अनुमान गरिएको थियो।

सन् २०२१ मा एलोन मस्कको सम्पत्ति अत्याधिक बढेको थियो । तर हालैको एक अन्तर्वार्तामा एलोन मस्कले चकित पार्ने बयान दिएका छन् । एलोन मस्कले आफूलाई संसारको सबैभन्दा धनी व्यक्ति ठान्दैनन्। बिजनेश इनसाइडरलाई दिएको अन्तर्वार्तामा टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्कले आफ्नो विचारमा विश्वको सबैभन्दा धनी व्यक्ति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रहेको बताए ।

एक प्रश्नको जवाफमा एलोन मस्कले भने, 'मलाई लाग्छ पुटिन मभन्दा धनी छन्।'  एलोनको यो बयानसँगै पुटिनसँग कति सम्पत्ति छ भन्ने बहस सुरु भएको छ ? पुटिनको सम्पत्तिको तथ्याङ्क सार्वजनिक रूपमा उपलब्ध छैन, तर पुटिनको सम्पत्ति रहस्य नै बनेको छ।

यति मात्र होइन, उनको कुल दुई दर्जन घर रहेको पनि धेरै मिडिया रिपोर्टमा दाबी गरिएको छ ।  पुटिनसँग ५८ विमान र हेलिकप्टर, ७ सय कार र तीन करोड रुपैयाँसम्मका दर्जनौं महँगा घडीहरू पनि छन् । हालै अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले पुटिन विश्वकै सबैभन्दा धनी व्यक्ति भएको बताइन् ।

उल्लेखनीय कुरा के छ भने  पुटिन यसअघि पनि विश्वका शक्तिशाली व्यक्तिहरूमा गनिएका थिए।

२०१८ मा, फोर्ब्सले पुटिनलाई अरबौंको अनुमानित नेटवर्थको साथ विश्वको दोस्रो सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा सूचीबद्ध गर्यो। युक्रेनमा भएको हमलाका कारण पश्चिमी देशहरुमा पुटिनको आलोचना भइरहेको छ । पछिल्लो एक महिनामा युद्धका कारण रुसमाथि धेरै किसिमका आर्थिक प्रतिबन्ध लगाइएको छ ।

यसका बाबजुद पनि युक्रेनमा रुसको आक्रमण जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077