Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रोल्पाले ध्वंशमा मात्र होइन, निर्माणमा पनि रेकर्ड राख्नसक्छ : प्रचण्ड

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाले माओवादी युद्धको मात्र नभइ विकासको पनि नेतृत्व गरिरहेको बताएका छन् ।

सोमबार रोल्पामा जनयुद्ध स्मृति भ्युटावर उद्घाटन गर्दै अध्यक्ष दाहालले रोल्पा निर्माणमा पनि रेकर्ड कायम गर्न सक्ने बताएका हुन् ।

आन्दोलनको समयमा अफ्ठ्यारो पर्दा आफू रोल्पा आउने गरेको बताउँदै उनले १२ बुँदे विस्तृत शान्ति सम्झौता गर्न रोल्पाबाट नै गएको बताए ।

कार्याक्रममा बोल्दै १२ बुँदे समझदारीका सहयात्री र शान्ति सम्झौताका हस्ताक्षर कर्ता गठबन्धनलाई कायम राखेर आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउन लागेको भन्दै अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077